Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९२ पुग्यो, २४ हजारभन्दा बढी संक्रमित


एजेन्सी – चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् ।

बुधबार विहान एक जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो ।हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए । चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्