Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

ओली-प्रचण्डबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार दुई अध्यक्षबीच मंगलबार बिहान साढे १० बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो।

‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ प्रेस सल्लाहकार थापाले नेपालखबरसँग भने, ‘अहिले उहाँहरू निस्किनुभएको छ।’ भेटवार्ता के विषयमा भएको हो भन्ने विषयमा उनले खासै खुलाएनन्।

तर स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या आएपछि अवरुद्ध नेकपा सचिवालयको बैठक पुनः राख्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो।

साथै भेटवार्तामा पार्टी एकता प्रक्रिया टुंग्याउने, जनयुद्ध तथा जनआन्दोलनका सहिदका शहीदरुको स्मृति दिवसलगायत विषयमा छलफल भएको बताइएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्