तत्कालीन माओवादीले शान्ति प्रक्रियाबाट गणतन्त्रको उपलब्धि हासिल गर्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोको मूल्य तोकेकै कराण पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताएका छन् ।
२५ औं जनयुद्ध दिवसका अवसर पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रदाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्डले धेरैले शान्ति सम्झौता हुन्छ भनेर नसोचेको बताए ।
‘शान्ति सम्झौता होला भन्ने सोचेका थिएनन् धेरैले । शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि हो’, उनले भने ।
पाँच वर्षअघिसम्म एकअर्काप्रति तिखो छेड्छाड गर्ने कम्युनिस्ट पार्टी आज एउटै भएको स्मरण गर्दै उनले श्रीलंका, पेरुलगायत विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीले जनयुद्धबाट शान्ति प्रक्रियामा आउन खोजे पनि आउन नसकेको बताए ।
उनले नेपालको सन्दर्भमा तत्कालीन माओवादीले शान्ति प्रक्रियाबाट गणतन्त्रसम्मको उपलब्धि हासिल गर्न सकेको दाबी गरे । नेकपा तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी आज २५ औं जनयुद्ध दिवस मनाउँदै छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्