Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

कृष्ण महराको अन्तिम सुनुवाई सुरु


काठमाडौं – बलात्कारको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अन्तिम सुनुवाइ आज (आइतबार) शुरु भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । सम्भवतः सुनुवाईको आजै फैसला आउने अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकार दिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा गत असोज १९ मा पक्राउ परेका थिए । सोही अभियोगमा महरा अहिले जेलमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्