महरा रातो कार चढेर सदरखोरबाट बाहिरिए

काठमाडौं – जबर्जस्ती करणी उद्योगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले सफाइ दिएसँगै रिहा भएका छन्।
उनी डिल्लीबजार सदरखोरका कैदीले महरालाई माला र खादा लगाएर विदाइ गरेका थिए। बाहिर उनलाई माला लगाएर स्वागत गर्न कार्यकर्ताको ठूलो भीड लागेको थियो। तर, महराले माला लगाएनन्। न त कुनै प्रतिक्रिया नै दिए। उनी निस्केर रातो कारमा चढेर सरासर बाहिरिए।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्