वुहानबाटल्याइएका नेपालीमा कोभिड-१९ को संक्रमण देखिएन

काठमाडौं – चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो।
वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्यालको नमूना लिइएको थियो।
नमूना संकलन गर्न मात्र चार घण्टा लागेको थियो। क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ। जसमा एउटा परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ। वुहानबाट उद्दार गरेर ल्याइएकाहरू अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्