Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

तीन विदेशी पत्रकारलाई चीनले गर्यो देश निकाला


एजेन्सी – चीनले तीन जना अमेरिकी पत्रकारलाई देश निकाला गरेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा चीनको विषयमा छापिएको लेखका कारण तीन जना अमेरिकी पत्रकारलाई देश निकाला गरिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले जानकारी दिए ।

फेब्रुअरी ३ मा उक्त जर्नलले ‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुयाङले सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समूदायमा घृणा र आक्रोश पैदा गरेको बताए । ती पत्रकारहरूलाई पाँच दिनभित्र चीन छोड्न समय दिइएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्