पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउन खोज्ने पक्राउ

पोखरा – पोखरा–प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन प्रयास गर्ने युवा पक्राउ परेका छन्। प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन लिएर जाने क्रममा पीएन क्याम्पस अघिबाट नेविसंघ र समाजवादी पार्टीका विद्यार्थी युनियनका युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका भीरध्वज जंग पौडेल (जिएमसी उपाध्याक्ष), असिम पौडेल छन्। उनी पिएन क्याम्पस नेविसंघका सदस्य हुन्। थप पक्राउ पर्नेहरुमा समाजवादीको विद्यार्थी युनियन सम्बद्ध विशाल तिमिल्सिना, नेत्र चापागाईं छन्।
पार्टी प्रशिक्षण कार्यक्रमका लागि प्रधानमन्त्री ओली पोखरा आएका हुन्। सोमबार गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रम छ। कालो झन्डा प्रकरणपछि प्रशिक्षणस्थल सभागृहमा पत्रकार प्रवेश गर्न कडाई गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्