Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि ५ सय एमएल पिसाव भएको छ । बुधबार दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण सकिएको १५ मिनेटपछि ५ सय एमएल पिसाब भएको स्रोतले जानकारी दियो ।

त्रिवि शिक्षण अस्पतालमा डा प्रेम राज ज्ञवालीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरेको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो ।

आज विहान १० बजे प्रधानमन्त्री ओलीलाई प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको थियो । प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् ।

नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने बताइएको छ ।

मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै तीनजना भारतीय चिकित्सकसमेत रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्