चीनले लगायो अमेरिकी पत्रकारलाई रोक

एजेन्सी – चीनले अमेरिकाका तीन प्रमुख पत्रिकाका पत्रकारलाई दिएको अनुमति रद्द गर्ने जनाएको छ । अमेरिकाले चिनियाँ सञ्चारमाध्यमलाई अमेरिकामा प्रतिबन्ध लगाएको जवाफमा चीनको यस्तो कदम आएको चीनले जनाएको छ ।
आफ्नो वेबसाइटमा बुधबार प्रकाशित गरेको एउटा वक्तव्यमा चीनको विदेश मन्त्रालयले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोष्टका चीनस्थित संवाददाताहरुलाई दिइएको प्रेस अनुमति पत्र खारेज गर्ने उल्लेख गरिएको छ ।
मन्त्रालयले ती पत्रकारहरुको २०२० सम्म म्याद रहेका प्रेस कार्डहरु १० दिनभित्र फिर्ता दिन निर्देशन समेत गरेको छ । चीन सरकारले उनीहरुलाई मुख्यभूमि चीन, हङकङ तथा मकाउमा समेत बन्देज लगाएको बताएको छ ।
अमेरिकी ट्रम्प प्रशासनले पाँच चिनियाँ मिडियालाई विदेशी नियोग तोक्दै सञ्चारमाध्यमको रुपमा काम गर्न बन्देज लगाएपछि त्यसको जवाफस्वरुप सो कदम उठाएको बताइएको छ ।
चीनियाँ मिडियालाई अमेरिकामा अनुचित दमन गरेको जवाफमा यो लिनैपर्ने जवाफी कदम उठाएको चीनले बताएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्