कोरोना भाइरसबाट चर्चित वैज्ञानिकको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । मंगलबार उनको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
उनी हालै बेलायतबाट दक्षिण अफ्रिका फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् ।
साथै, उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्याती कमाएकी थिइन् ।
क्याटेगोरी : अन्तरास्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्