Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

स्वास्थ्यमन्त्रीकाे रामकुमारीले विरोध गर्दा शंकर पोखरेल बचाउमा उत्रिए !


काठमाडौं – कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामाग्री खरिद ठेक्काको विषयलाई लिएर सरकारमाथि चौतर्फी विरोध सुरु भएको छ । सत्तारुढ दल नेकपाका केन्द्रीयस्तरका नेताहरु नै ढकालमाथि नैतिक प्रश्न उठाउन थालिसकेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले मन्त्री ढकालमाथि नैतिकताको प्रश्न उठाएकी हुन् ।

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद ठेक्कामा अनियमितता भएको भन्दै चौतर्फी विरोध हुँदा सम्पूर्ण बल लगाएर बचाउमा उत्रिएका मन्त्री ढकालले अन्ततः बुधबार ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेपछि उनीमाथि नैतिकताको प्रश्न उठेको हो ।

सम्झौता रद्द हुँदा मेडिकल उपकरण खरिदमा भएको अनियमितताको आरोपलाई सरकारले स्वीकारेको छ भने जनस्तरको विरोधलाई पनि बल पुगेको छ । आफैंले जोडबल गरेर बचाउ गर्दै आएको ठेक्का नै रद्द भएपछि नैतिक संकटमा परेका मन्त्री ढकाललाई झाँक्रीले अब के गर्ने भनेर प्रश्न गरेकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘हिजोसम्म कन्दनी सुर्काउँदै सबै ठिक छ, राम्रो छ, तलमाथि भएको छैन, टेबलमा बसेर कुरा गर्न तयार छु भन्ने उहाँ के भन्नुहुन्छ त अब ?’ त्यस्तै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल मन्त्री ढकालको बचाउमा उत्रिएका छन् । उनले महामारीको समयमा सामान पाइन छाडेको अवस्थामा सरकारको विरोध गर्न नहुने बताए । उनले कोरोना विरुद्धको पूर्व तयारी र नियमित स्वास्थ उपचारका लागि तत्काल स्वास्थ सुरक्षा सामाग्री र उपकरणको आवश्यकता रहेको बताए ।

‘यस्तो अवस्थामा बाहिरबाट सामान ल्याउन सक्ने सबै मिलेर राज्यलाई सहयोग गर्नुपर्यो । संक्रमण नफैलदै त सामान्य उपचार समेत हुन नसकेको अवस्था छ । फैलिएमा कस्तो भयावह अवस्था होला ? कल्पना समेत गर्न कठिन छ’, उनले भनेका छन्, ‘आरोप प्रत्यारोपबाट महामारी विरुद्धको संघर्षमा कदापी विजय हासिल गर्न सकिदैन । समयमै गम्भीर भएर सोचौं ।’


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्