अमेरिकी विमानमा रहेका नौसैनिकमाथि कोरोना भाइरस फैलियाे

एजेन्सी – अमेरिकी विमान वाहक (एयरक्राफ्ट क्यारियर) मा कोरोना भाइरस फैलिएको छ । युएसएस थियोडोर रुजवेल्ट नामको जहाजमा एक सयजना सेनालाई संक्रमण भएको छ ।
विमान वाहकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यसमा रहेका झण्डै तीन हजार भन्दा बढी संख्यामा रहेका सेनाको उद्धार प्रयास भइरहेको सीएनएनले जनाएको छ । एक हजार नौसैनिकलाई उद्धार गरिसकिएको पेन्टागनको भनाई उद्र्धृत गर्दै सीएनएनले जनाएको छ । जहाजमा २७ सय नौसैनिक रहेको उल्लेख छ ।
जहाज पूरै भने खाली गर्न मिल्दैन । केही सेना जहाजमै बसिरअेका छन् । त्यसमा पाँच सय सेनाको उपस्थिति रहिरहनेछ । जहाजमा हतियार, युद्धक विमान, आणविक पावर प्लान्ट रहेकोले त्यसको सुरक्षाका लागि पनि सैनिक रहनुपर्ने भनिएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्