Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

हामी मास्क लगाउदैनौंः ट्रम्प


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । अमेरिका जारी गरिएको नयाँ मेडिकल निर्देशिकाले मानिसलाई मास्क लगाउनका लागि भनेको छ ।

ट्रम्पले भनेका छन्,‘म आफ्नो ओभल अफिसमा राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा तथा रानीको स्वागत मास्क लगाएर गरेको हेर्न सक्दिन ।’ शुक्रबार जारी दिशानिर्देश बाध्यकारी नभएको विषयमा पनि उनले जोड दिएका छन् ।

उनले भने, ‘तपाईलाई यस्तो गर्ने आवश्यकता छैन । मलाई लाग्दैन कि म मास्क लगाउँदैछु ।’ अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या २ लाख ७० हजारमाथि गएको छ र मृत्यु हुनेको संख्या ७ हजारभन्दा बढी पुगेको छ ।

हालसम्म पनि अमेरिकी स्वास्थ्य अधिकारीले केबल बिरामी वा उनीहरुलाई हेरचाह गर्नेले मात्रै मास्क लगाउन आवश्यक भएको बताउदै आएका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्