Techie IT
  • २१ कात्तिक २०८२, बिहीबार

भारतको पुनामा अलपत्र नेपालीलाई खानबस्नकाे व्यवस्था गरियाे


महोनराज बिश्वाकर्मा पुना –प्रगतिशील नेपाली समाज भारत महाराष्ट्र राज्य समिति पुनाले सयौंको संख्यामा अलपत्र नेपाली मजदुरलाई खाना बस्नको व्यवस्था गरेको छ ।
सो संगठनले एकजना होटल व्यवसायीको बिक्रम खान सयोगमा सो कार्य गरेको जनाएकाे छ । भारतमा थप लामो समयसम्म लकडाउन हुने भएपछी पुनाका एक सफल व्यवसायी NCP का नेसनल भ्वाइस प्रसिडेंट बिक्रम खानको विषेश सयोगमा व्यवस्था गरिएकाे हाे । 
पुनास्थित कल्याणि नगर रामवाडि विमान नगर वडगाव शेरी वरिपरिका नेपाली 1 महिना सम्म आफुले 200/300 नेपालीलाई  प्रत्येक दिन आफुले खाना खुवाउने बिक्रम खानले जनाएका छन् ।
उनले नेपाली प्रति आफू विगत लामो समय देखि घुलमिल रहेकोे र नेपालीहरु असाध्यै इमानदार हुने भएकोले अहिले दुखको समयमा आफुले सयोग गरेको र आगामी एक महिनासम्म खानबस्नको व्यवस्था गर्ने बताएका छन्  ।

क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्