जनस्वास्थ्य संघलाई बिकेस मल्लका ६ सुझाब

काठमाडाैं – पेशागत संघ तथा महासंघको भुमिका विशेष समय र सन्दर्भमा हुन्छ र हुनुपर्दछ। अहिले कतिपयले विश्वयुद्घको रुपमा अर्थ्याएको र विश्वस्वास्थ्य संगठनले विश्वमहामारीको घोषणा गरिसकेको कोरोना भाईरस संक्रमण (काेभिड-१९) संग विश्वसमुदाय लडिरहेको छ।
२२ लाख वढी मानिसहरु संक्रमित भएको र डेढलाख वढि मानिसको ज्यान समेत लिएको यो भाईरसवाट संसारका सवै मुलुकहरु प्रभावित रहेका छन्। विश्वशक्तीशाली राष्ट्रहरु भनिएका देशहरुलाई पनि कोरोना संक्रमणसंगको लडाई निकै जटिल वनिरहेको छ।
कोभिड १९ अर्थात् कोरोना भाइरस। चीनको वुहानबाट आउटब्रेक भएको यो भाइरस अहिले विश्वभर फैलिसकेको छ। चीनबाट यो भाइरसले खाडी र युरोपसम्मै यात्रा गरिसकेको छ। विश्वलाई थाहा छ, यो भाइरस कति खतरनाक भन्ने। त्यसैले उनीहरु सतर्कता अपनाउँदैछन्, आफ्ना नागरिकको सुरक्षाको लागि। उनीहरुलाई यो पनि थाहा छ कि यो भाइरसको सामाना उनीहरुले कुनै न कुनै रुपमा गर्नै पर्छ।
यदि कुनै पनि देशले यस भाइरस विरुद्ध तयारी नगर्ने हो वा भाइरस आफ्नो देशमा आउँदैन भनेर बस्ने हो भने त्यो शताब्दीकै ठूलो गल्ती ठहरिनेमा उनीहरु सचेत छन्। विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले विश्वका सबै राष्ट्र कोरोना भाइरसको पहिलो संक्रमणका लागि तयार हुनुपर्ने बताइसकेका छन्।
कोरोना भाइरसले देशको सीमा नचिन्ने तर्कसहित उनले भने, आफूकहाँ कोरोना भाइरस भित्रिदैन भनेर कुनै पनि राष्ट्र बस्नु हुँदैन। त्यसरी बसे त्यो सबैभन्दा ठूलो गल्ती हुनेछ। कोभिड १९ लाई देशको सीमाको मतलब हुँदैन। गेहब्रेयससको यो भनाइले कोरोनाले विश्वभर महामारीको रुप लिएकाे र त्यसबाट सचेत हुनुपर्ने राय दिएको छ। त्यसैले पनि भाइरस संक्रमण देखिएका देशहरु आफ्ना नागरिकलाई बचाउन रणनीति बनाउँदै अगाडि बढेका छन्।
यो महामारीविरुद्घ विश्वसमुदाय संघर्ष गरिरहेको सन्दर्भमा यो लडाईको अग्रमोर्चामा स्वास्थ्यकर्मिहरुले लडिरहेका छन्। स्वास्थ्यकर्मिहरुको संघर्ष,आत्मबल र उत्प्रेरणालेनै कोरोनाविरुद्घको लडाईको नतिजामा मुख्य भु रहन्छ। यसर्थ स्वास्थ्यकर्मिको सुरक्षा, क्षमता, उत्प्रेरणाका निम्ती कोरोना भाइरस नियन्त्रण को सन्दर्भमा नेपाल जनस्वास्थ्य संघ (नेफा) ले निम्न कार्यहरु गर्नै पर्थ्यो र अहिले पनि गर्नुपर्छ।
१- देश भरी रहेका पेसा मा समाबेश भयका र नभएका जनस्वास्थ्यकर्मी को तथ्यांक संकलन गरि निज ब्यक्ती को सम्बन्धि पालिका संगै फन्ट लाइनमा कार्य गर्न अनुरोध गरि आवश्यक पीपीइ तथा motivation दिई पठाउनु पर्थ्यो ! ताकी राज्यले नेफा ले खटायका जनस्वास्थ्यकर्मी बाट केही सिकेर भावी रणनीति बनाउन सक्थ्यो !
२-राज्य ले स्वंमसेविका खटाउने निणय संगै नेफा ले पनि पढ्दै गरेका अहिले को तथ्याक अनुसार १५०० माथी जनस्वास्थ्यका बिद्यार्थी जस्तै(Community Health Diagnosis र District Health Program सक्कायर बसेका बिद्यार्थी लाई निज को नजिक पर्ने स्वंमसेविका संगै खटाइ contact tracing गराउन मदत गर्न सक्छ्न ताकी जनस्वास्थ्य का बिद्यार्थीहरु बाट गराउदा अझ गुणस्तरिय तथ्यांक आउथ्यो , यो गर्न सक्थ्यो र सक्छ!
३- नेफाले Researcher, Epidemiologist जस्ता बिसेसज्ञ हासिल गरेका जनस्वास्थ्यकर्मी लाई (काेभिड -१९)को National situation तथा यस बाट मानिसिक संगै आर्थिक परिस्थिति को Evidence खडा गर्न सक्नु पर्थ्यो र सक्नु पर्छ !
४-नेफा ले आफू अन्तर्गत का प्रदेश बिभाग लाई राज्य संगै समन्वय गराइ CoVID -19 बाट बढी प्रभावित भयको जिल्ला मा Counselling र motivation गर्न भनी गोपनियता कायम गरि परिवार का सदस्य लाई Motivation तथा counselling गर्न लगाउन सक्थ्यो र सक्नु पर्छ!
५- नेपाल सरकारले ले लक्डाउन गरे लगत्तै नेफा ले गर्न सक्थ्यो देश ब्यापी रुपमा केन्द्रिय कमिटि, प्रदेश कमिटि, बिसेसज्ञ जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मी, अर्थबिद तथा सरोकार वाला निकाय संग निरन्तर Video conference गरि सरसल्लाह, सुझाब संकलन गरि कार्य तर्जु मा गर्नु सक्छ र सक्थ्यो !
६- विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था संग समन्वय गरि केही हदसम्म जनशक्ति परिचालन गर्न को निम्ति PPE तथा आर्थिक बेबस्थापन गर्न सक्थ्यो! र सक्छ!
धन्यवाद !
(सुदुरपश्चिम् प्रदेश-बझाङ निवासी बिकेश मल्ल जनस्वास्थ्यकर्मी हुनुहुन्छ, हाल प्यूठान जिल्लामा टि बि प्रोजेक्ट जिल्ला कार्यक्रम अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ।
क्याटेगोरी : विचार
तपाईको कमेन्ट लेख्नुहोस्