Techie IT
  • २८ वैशाख २०८२, आईतबार
Sajha Hub

के प्रबासीहरू नेपाली होईनन् र ?


गाेवा – बिश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड -19)ले बिश्व नै त्रसित बनेकाे छ ।  आफ्नो गिरफ्मा लिएको छ। यस्तो भयानक परिस्थितिमा एकातिर बिश्वमा आर्थिक मन्दिको प्रकोप बढ्नुका साथै रोजन्दारी मजदुरीको काम गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरहरुलाई सार्ह नै समस्या परेको छ ।

सम्पूर्ण सर्बहारा बर्ग बिहान बेलुकाको छाक टार्न नसकेर खुनको ऑशु रून बाध्य भएका छन।हालको अबस्थामा सबैभन्दा बढी कामको शिलशिलामा बिदेश र छिमेकी राष्ट्र भारतमा भित्रिएका लाखौ नेपालीहरु परेका छन।प्रबासी हरूको समस्यालाई नत नेपाल सरकारले ध्यान दिएको छ।नत नेपाली दुतावासले नै बुझ्ने कोशिस गरेको छ।

नेपालमा होस या त प्रबासमा नेपाल सरकार कानमा तेल हालेर कुम्भकर्णको जस्तो निदाएको छ। यस्तो बिकट परिस्थितिमा पनि किन नेपाल सरकार ले अनदेखा गरेको?के प्रबासी हरू नेपाली होईनन ? के हाम्रो आफ्नो जन्मभूमी फर्नेस मौलिक अधिकार नै छैन त? प्रबाशी नेपाली को बिडम्मबना भनौ या दुर्भाग्य चाहेर पनि आफ्नो मात्रृभूमीमा फर्किन पाएका छैनन यस बिषयमा नेपाल सरकारले कहिले ध्यान दिने ?

जनताको लागि सुकेको पात समेत नहल्लाऊने सरकारका पीएम जी यदि साँच्चिकै जनताको भलाई चाहनुहुन्छ ,भने बिदेशिएका लाखौ प्रबासी नेपाली हरूको आशु पोछनुस छिटोभन्दा ऊनीहरूलाई देश भित्र्याउने काम गर्नुस यदि सक्नुहुन्न भने त्योहार सरकार संग कुरा गरेर उनीहरूको गास र बासको ब्यबस्था गर्नुस अर्को कुरा के नेपाल सरकारले देशभित्र 80 करोडको राहत बितरन गरेको चर्चा चलाईरहेको छ यदि बाडेकै हो भने कहा कति बाडनुभयो त्यसको तथ्याङ्क किन सार्वजनिक छैन त? के सरकार लाई यति फुर्सत छ तक? – रामप्रसाद सापकोटा प्रगतिशील नेपाली समाज भारत महारास्ट्र राज्य कोसाध्याक्ष हुन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्