शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजिटिभ

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ ।
उनलाई ुरेस्पिरेटोरी प्यापिलोम्याटोसिसु स्वासनलीमा मासु पलाएको देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।
त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएअनुसार उनलाई ईएनटी ९नाक कान घाँटी० विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । हाल ईएनटी विभागको भवनलाई कोरोना संक्रमितको उपचारका लागि भनेर तयार पारिएको कारण उनलाई न्यूरो सर्जरी वार्डमा भर्ना गरेर राखिएको थियो । शिक्षण अस्पताल स्रोतका अनुसार अहिले उनको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि टोली अस्पताल पुग्दै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्