दहचोकका संक्रमित बालक बाराबाट काठमाडौँ आएका थिए

काठमाडौं – बिहीबार साँझ कोरोना संक्रमणको पुष्टी भएका दहचोकका ७ वर्षीय बालक तीन साताअघि बाराबाट काठमाडौँ आएको खुल्न आएको छ ।
चन्द्रगिरीका स्थानीय जनप्रतिनिधका अनुसार ती बालक करिब तीन साता अगाडि नै बाराबाट काठमाडौँ फर्किएका थिए । तर उनको स्वास्थ्यमा सामान्य समस्या आएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई कोरोनाको संक्रमण देखिएको हो ।
यद्यपि बालकको परिवारका अन्य सदस्यलाई भने कोरोना पोजेटिभ नेदेखिएको र परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्