थपिए २ सय ७९ जना नयाँ कोरोना सङ्क्रमित

देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा बुधबार २ सय ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा सङ्क्रमण पोजिटिभ देखिएको हो । यस्तै गरि पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवलपरासी पश्चिमका ५ जनामा पोजिटिभ देखिएको होे ।
यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिराहाका १, उदयपुरका ३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको हो । साथै, विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोशी अस्पतालमा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोशी अस्पतालमा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
यस्तैगरि पाल्पामा १२, प्युठानका ६, रुपन्देहीका ७ जना र भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दियाका १ जनामा पोजिटिभ देखिएको छ । सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९ जनामा समेत कोरोना पोजिटिभ देखिएको छ ।
दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जनामा भने सेती अस्पतालमा भएको परीक्षणबाट संक्रमित पुष्टि भएको छ । र धुलिखेल अस्पतालमा भएको परीक्षणमा भने सर्लाहीका १० र कपिलवस्तुको १९ जनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो संक्रमित थपिएसँगै नेपालमा सङ्क्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्