Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

लकडाउन खुकुलो बनाउँदै, मन्त्रीपरिषद्को बैठक


मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई खुकुलो बनाउँदै लैजाने र पसल खोल्न दिने र सवारी साधनलाई पनि जोर बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ ।

यो प्रणाली भने कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्र काठमाडौं उपत्यका लगायतका ठाउँमा मात्रै लागु गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद्को राति १० बजे मात्र सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताउनु भए सँगै सरकारले बिहीबार बाट नै बजार खोल्न दिने भएको हो ।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउने र चारपांग्रे निजी सवारी साधनमा चालक बाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् । लामो रुटकालाई भने अहिले नै अनुमति दिइएको छैन ।

मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो पार्ने मोडालिटी तय गरेको र जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्