Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

सरकार र एमसिसि बिरुद्द दक्षिणकालीमा बिरोध प्रदर्शन


काठमाडाैं – देशका विभिन्न भागबाट आलोचित बन्दै गएको नेपाल सरकार विरुद्द आज पनि विभिन्न ठाउँहरुमा विरोध प्रदर्शन भएको छ ।

यसैविच दक्षिणकाली नगरपालिकामा पनि युवाहरुले कोरोना संक्रमितको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्ने, दक्षिणकाली नगरपालिकामा कोरोनाको रोकथामको खर्च विवरण, कोरोना महामारीको लागि भैरहेको तयारी, राहात वितरणको पारदर्शीता लगायतको बारेमा नगरवासिलाई जानकारी गराउनु पर्ने माघ गरेका छन् ।

सरकारले सिमा बिबादलाई वेवास्ता गर्दै कोरोना रोकथामका लागि कुनै कदम नचालेकोमा युवाहरुले आपत्ति जनाएका थिए । स्थानिय सरकार मार्फत नेपालसरकारका सबै तहमा भैरहेको भ्रष्टाचारको अन्त्य, सरिता गिरि प्रकरण, एम सि सिको खारेजी लगायतको हातैले लेखेका विभिन्न चित्रसहितका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

फर्पिङ स्थित नगरपालिका कार्यालय अगाडी नाराबाजी सहित शान्त बातावरणमा सरकारको काम कारबाही तथा बिभिन्न निर्णयको को बिरोध गरेका हुन् । माघ पुरा नभएसम्म आन्दोलन जारी रहने युवाहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्