भारत र चीनको सीमा क्षेत्रमा झडप, भारितिय एक आर्मी अफिसर सहित दुई सिपाहीको मृत्यु

काठमाडौं ।
चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा तीन भारतीय सैनिकका एक आर्मी अफिसर र दुई सिपाही मारिएका छन् ।
सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ ।
भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।
चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका हुन् ।
उनीहरुले चिनियाँ सुरक्षाकर्मी माथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको उनले बताएका छन् । तर त्यसबारे चिनियाँ सैनिकतर्फ क्षति भए नभएको बताएका छैनन् ।
क्याटेगोरी : अन्तरास्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्