आफ्नो नियन्त्रणमा रहेका १० भारतिय सैनिक चीनद्धारा रिहा

भारत र चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन् ।
भारत र चीन विचको उच्च तहमा भएको कयौं चरणको छलफलपछि ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको हो । भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ भने भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
भारतीय पत्रिका ुद हिन्दुुले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ । दुबै देशले एकअर्कालाई पछिल्लो झडपका लागि आरोप लगाएका छन् ।
सोमबार सीमा विवादमा दुबै सैनिकबीच झडप हुँदा २० भारतिय सैनिकले त्यहाँ ज्यान गुमाएका थिए भने १८ जना भारतीय सैनिक गम्भीर घाइते समेत भएका छन् ।सन् १९६२ मा भएको चीन र भारत युद्धपछिकै ठूलो सैन्य टकरावको रुपमा सोमबार भएको झडपलाई मानिएको छ ।
चीनले पनि आफ्नोतर्फ पनि क्षति भएको बताएपनि के कति संख्यामा आफ्नो तर्फ हताहती भएको भन्ने बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन ।
क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्