नेपाल भुपु सैनिक संघद्धारा, पुर्व सैनिकहरुलाई कोरोनाबाट उच्च सतर्क रहन आग्रह

काठमाडौँ ।
नेपाल भूपू सैनिक संघले सरकारले लकडाउन खुकुलो बनाएपनि व्यक्तिगत रुपमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । उच्च सतर्कता नअपनाइ हेलचेक्राई गरेमामा भुपु सैनिकका परिवारको जीवनशैलीका कारण पूर्व सैनिक र तिनका परिवारहरुमा धेरै क्षति हुने अनुमान संघले गरेको छ ।
नेपालमा अहिले कोरोनाका कारण मुत्यु हुने र संक्रमिक हुनेको संख्या डरलाग्दो हिसाबले बृद्धी हदैँ गएको संघको केन्द्रिय पदाधिकारी र जिल्ला अध्यक्षहरुबीच भएको भच्र्युअल बैठलले ठहर गरेको छ ।
संघका केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर मास्की रानाको अध्यक्षतामा भएको बैठकले धेरै सर्तक रहौ, अकालमा नमरौ भन्ने नारा समेत तय गरेको र आफ्नै घरमा बस्न, अरुलाई पनि घरमा आउन नदिन, पाँच जना भन्दा धेरैको जमघटमा नजान, अलिकति पनि लापरवाही नगर्न र गर्न नदिन, अकाल मृत्यु हुनबाट बचौँ भन्ने संदेश प्रवाह गर्नुपर्ने भन्दै संक्रमित भएमा नडराउन, आत्मविश्वास बढाउन, स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन, आइसोलेसनको नियम पूर्ण पालना गर्न, संक्रमितहरुको नामावली संघमा पठाउन पनि सवैलाई आग्रह गर्नुभएको थियो ।
भारतीय सेना, नेपाली सेना, वेलायती सेना र सिंगापुरे सेनामा काम गरेका अवकास प्राप्त भुतपुर्व सैनिकहरु ठुलो संख्यामा नेपालमा बसोबास गर्ने गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्