नेपालकै पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन

शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । जोशीको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा शनिवार दिउँसो पौने ३ बजे उपचारको क्रममा निधन भएको हो ।
नेपालकै पहिलो महिला क्याम्पस प्रमुख भएर २०१९ सालमा पद्मकन्या क्याम्पसको स्थापनामा महत्वपुर्ण भुमिका खेली अध्यापन थाली अध्यापनको १८ बर्षमा १२ वर्ष क्याम्पस प्रमुख हुनुभएको थियो ।
प्राइभेट रूपमा अध्ययन गरेर आईए पास गरेपछि जोशीले श्रीमान आणविक वैज्ञानिक डा. बलराम जोशीसँगै बनारस पुगेर राजनीति शास्त्र र संस्कृत विषयमा बीए पास गर्नु भएको थियो । त्यसपछि बेलायत सरकारद्वारा प्रदान गरिने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्नु भएको थियो ।
जोशीका ‘कल्पना कथासंग्रह’, ‘क्यान्सरः वरदान’, ‘वृद्धा अवस्था जीवनको श्रीपेच’ र ‘दीक्षा’ कृति प्रकाशित छन् ।
जोशीले गोरखा दक्षिण बाहु दोश्रो, त्रिशक्ति पट्ट तेश्रो, महेन्द्र विद्या भुषण पहिलो, २०७२ सालको जगदम्बा श्री पुरस्कार समेत प्राप्त गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्