Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

भारतमा कोरोना संक्रमण बढ्दो, १३ हजार भन्दा बढिको ज्यान गयो


नयाँ दिल्ली ।

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या भारतमा दिनदिनै बढ्दो क्रममा रहेको छ । दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको क्रममा भारतमा मृतकको संख्या पनि बढ्न थालेको छ । भारतमा दोस्रो दिन लगातार १५ हजारभन्दा बढी दैनिक संक्रमित फेला परेका छन् ।

भारतमा कुल सङ्क्रमित संख्या अहिले ४ लाख २६ हजार ९१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । आइतबार मात्र एकै दिन त्यहाँ १५ हजार १८३ नयाँ संक्रमित फेला परेका छन् । शनिबार पनि त्यहाँ एकैदिन हालसम्मकै बढी १५ हजार ९१५ नयाँ संक्रमित थपिएका थिए । शुक्रबार भने १४ हजार ७२१ नयाँ संक्रमित थपिएका थिए ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार नाघेको छ । वलर््र्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ‘आइतबार’ मात्र भारतमा हालसम्मकै बढी ४२६ जनाको मृत्यु भएको छ । शुक्रबार त्यहाँ ३६६ जनाको मृत्यु भएको थियो भने शनिबार ३०७ जनाको मृत्य भएको थियो ।

१ लाख ७५ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेको भारतमा २ लाख ३७ हजारभन्दा बढी मानिस भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । आइतबार मात्र त्यहाँ ९ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएको जनाइएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्