Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

मन्त्रीले सम्वोधन गर्ने क्रममा भर्चुअल बैठकमा पोर्न भिडियो शेयर भएपछि


काठमाडौं । 

पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न नेपाल पर्यटन बोर्डले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि भई ‘जुम एप’ भर्चुअल बैठकलाई सम्वोधन गर्ने क्रममा एक्कासी पोर्न भिडियो शेयर भएको छ ।

पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए ।

अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो हरकत भएको बताइएको छ ।

कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा जुम एपको प्रयोग हुने गरेको छ । यस्ता मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दो क्रममा छ यो सँगै यस्ता समस्या समेत बढ्दै गएको छ ।

त्यसैले यो एप माथि कति सुरक्षित भन्ने प्रश्न उठ्दै आएको छ । मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लिल भिडियोहरु बजाउने गरेको पाइएको छ ।

बढ्दो प्रविधिको प्रयोग सँगै समस्याहरु पनि बढ्दो क्रममा भएकाले प्रविधिको प्रयोग संगसंगै यस्ता समास्यामा संवेधनशील बन्नु पर्ने बनाएको छ ।


क्याटेगोरी : प्रविधि, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्