पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना पुष्टि (कहाँ कति संक्रमित सुचीसहित)

काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस ९ कोभिड– १९ ० को संक्रमण पुष्टि भएको सँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
त्यस्तै थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि ४ असारमा सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनले लामो समयदेखि क्षयरोगको उपचार समेत गराइरहेका थिए ।
कहाँ कहाँ थपिए संक्रमित
मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा ः
प्युठानमा – ५० जना
पाल्पाका -४८ जना
धनुषाका -३९ जना
कैलालीका -३८ जना
गोरखाका -२९ जना
सुर्खेतका -२३ जना
सप्तरी – २२ जना
स्याङ्जा -२२ जना
नवलपुर -२२ जना
बझाङ – २२ जना
दैलेख – २२ जना
पर्वतका -२१ जना
बाजुराका – २० जना
दाङका -१९ जना
धादिङका – १८ जना
कञ्चनपुरका १७जना
बाग्लुङका -१४जना
रौतहटका -१३जना
महोत्तरी -१२ जना
झापा – १२ जना
कास्की -८ जना
तनहुँ -८ जना
सिराहा -७ जना
अछाम -७ जना
लमजुङ -५ जना
गुल्मी -५ जना
सल्यान -४ जना,
डडेलधुराका -४ जना,
सुनसरी -३ जना
रुपन्देहीका -३ जना,
मोरङ -२ जना
तेह्रथुम -२ जना
अर्घाखाँची -२ जना
सर्लाही -२ जना
कालीकोट, हुम्ला र पर्वतका १/ १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । संक्रमित मध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्