गण्डकी प्रदेशमा बुधबार विहान थप ३२ जना कोरोना संक्रमित थपिएको पुष्टि, सङ्क्रमित सङ्ख्या ७२९ पुग्यो

काठमाडौं
गण्डकी प्रदेशमा थप नयाँ ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
लमजुङ, पर्वत, स्याङ्जा, कास्की, गोरखा, बागलुङ, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी थप ३२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ स् २० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणमा उल्लेख गरेको छ ।
जसमध्ये प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३२ जना कोरोना सङ्क्रमित थपिएका हुन् । लमजुङ जिल्लामा नेपाल नगरपालिकाका ४ जना र बेशिशहर नगरपालिकाका १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पर्वत जिल्लामा कुश्मा नगरपालिकामा १ जना, स्याङ्जा जिल्लामा अर्जुन चौपाचारी गाउँपालिकाका १ जना, आधिँखोला गाउँपालिकाका १ जना र वालिङ नगरपालिकाका ३० महिनाको बालिका सहित ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कास्की जिल्लामा पोखरा महानगरपालिकाका ३ जना र मादी गाउँपालिकाका २ जना रहेका छन् । गोरखा जिल्लामा गण्डकी गाउँपालिकाका १ जना र बरेङ गाउँपालिकाका १ जना रहेका छन् ।
साथै बागलुङ जिल्लामा बरेङ गाउँपालिकाका ८ जना, जैमिनी गाँउपालिकाका १ जना रहेका छन् भने तनहुँ जिल्लामा देवघाट गाउँपालिकाका १ जना र नवलपरासीमा (बर्दघाट सुस्ता पूर्व) को गैडाकोट नगरपालिकाका ३ जना गरी गण्डकी प्रदेशमा जम्मा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण देखिएको र हाल सम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७२९ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्