थपिए ५९३ जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यू, (संक्रमितहरुको सुचीसहित)

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दाङका १ रहेका छन् । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
कहाँ कहाँ कति थपिए संक्रमित
पाल्पामा : ७६ जना
दाङका : ७५ जना
रौतहटका : ५६ जना
डोटीका : ४६ जना
कञ्चनपुरका : ४२ जना
कैलालीका : ३१ जना
बाजुराका : २७ जना
बैतडीका : २५ जना
गुल्मीका : २५ जना,
नवलपुरका : २३ जना
कपिलवस्तुका : २१ जना
प्युठानका : २० जना
धनुषाका : १५ जना
चितवन : १२ जना
सुर्खेतका : १२ जना
सुनसरीका : १० जना
बझाङका : ९ जना
सिराहा : ६ जना
गोरखा : ६ जना
सिन्धुली : ६ जना
रुपन्देही : ६ जना
लमजुङका : ६ जना
दैलेखका : ५ जना
झापा : ४ जना,
महोत्तरीका : ४ जना,
काठमाडौं : ३ जना,
अर्घाखाँची : ३ जना,
दार्चुला : ३ जना,
सल्यान : ३ जना,
जुम्ला : ३ जना,
मोरङ, : २ जना
बारा : २ जना
कास्की : २ जना
तनहुँ : २ जना
जाजरकोटका : २ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै, अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका १ र १ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित संगै कुल संक्रमितको संख्या नेपालमा ११ हजार ७५५ पुगेको छ । संक्रमितहरूमध्ये २७ जनाको मृत्यु भएको छ भने २ हजार ६९८ जना डिस्चार्ज भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्