Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्नेगरि स्थगित


काठमाण्डौ

सत्तारुनेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिबार बस्नेगरी स्थगित भएको छ ।

शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै अर्को बैठक बस्नेगरी स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबारको बैठकमा नेकपा स्थायी कमिटी सदस्य साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत सीमा विवाद र समाधानका प्रयासका विषयमा जानकारी गराउनु भएको थियो । भने अन्य सदस्यहरुले पनि त्यहीँ एजेण्डामै केन्द्रित भएर आफ्नो धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा १८ जनाले आफ्नो धारणा राखेका र शनिबार बस्ने बैठकमा बोल्न बाँकी सदस्यले आफ्नो विचार राख्ने श्रेष्ठले जानकारी दिनु भयो ।

भीम रावल, अष्टलक्ष्मी शाक्य, शंकर पोखरेल, लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले सीमा समस्याका विषयमा शुक्रबारको बैठकमा आफ्नो विचार राख्नु भएको थियो ।

बैठकमा एजेण्डामा केन्द्रित रहेर १० मिनेटमा आफ्नो धारणा राख्न समय दिइएको थियो । आज बोल्नेहरुले सीमा समस्याका विभिन्न पक्षमा केन्द्रित रहेर धारणा राखेका प्रवक्ता श्रेष्ठले जानकारी दिनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्