स्याङ्जाका मात्र २२ जना सहित गण्डकी प्रदेशमा थप ३२ जना नयाँ संक्रमित

पोखरा ।
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो ।
संक्रमित मध्ये १२ महिने शिशु समेत रहेका छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष र १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १र१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बागलुङमा पनि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठेखोला गाउँपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष र ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नवलपुरमा २ जनामा समेत कोरोना संक्रमित फेला परेका छन् । संक्रमण पुष्टि हुनेमा हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष छन् ।
स्याङजा वालिङ र बर्दघाटका संक्रमित यसअघि नै संक्रमण पुष्टि भएको तर अद्यावधिक नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्