Techie IT
  • २४ भदौ २०८२, मंगलबार

चिनियां अधिकारीमाथी भिषा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा


एजेन्सी
चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून ल्याएपछि अन्र्तराष्ट्रिय रुपमा प्रश्न उठिरहेको भन्दै अमेरिकाले त्यसको लागी सत्तारुढ चिनियां कम्युनिष्ट पार्टीलाई जिम्मेवार ठान्दै चिनका अधिकारीलाई भिषा प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले शुक्रवार राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्ट पार्टी अफ चाइनाका अधिकारिलाई सजाय दिने प्रतिवद्धता जनाएको भन्दै त्यो लागु गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनले हङकङको स्वतन्त्रताको हनन गर्ने अधिकार कसैसंग नभएको समेत चेतावनी दिएका थिए ।

कोरोना भाइरस र भारतसंगको सैन्य झड्पलाई लिएर अमेरिका लगायतका केहि मुलुकहरु चीनको विरोधमा उत्रिएका छन् । अमेरिकाले फेरी हङकङलाई लिएर चीनमाथी दबाव बढाए पछि अमेरिका र चीनको सम्बन्ध तनावपूर्ण बन्दै गएको हो ।

संयुक्त राष्ट्र मानवअधिकार आयोग (युएनएनआरसी) ले हङकङमा चीनको भुमिकालाई लिएर चिन्ता व्यक्त गरेको थियो । आयोगले हङकङमा भइरहेको प्रदर्शन दबाउने र उत्पीडनको आरोपबारे चीनमाथी प्रश्न उठाएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्