Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

आज असार १५, दहि चीउरा खादैँ खेतमा रोपाई गर्दै, धान दिवस मनाइँदै (फोटो फिचर)


काठमाडौं ।
दही च्युउरा खाने दिन अर्थात असार १५ धान रोपाइको मध्य समय आज धान दिवस सोमबार खेतमा रोपाई गर्दैै दही च्यूरा खाएर मनाइँदैछ ।

२०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी कृषि प्रधान देश भएको र नेपालका अधिकांश मानिसको पेशा खेतीपाती भएकोले यसलाई राज्यस्तरबाट मनाउन सुरु गरिएको हो ।

यस बर्षको धान दिवस कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी मनाइने कृषि विभागले जनाएको छ । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँन थालिएको हो ।

 

बाउसे, रोपाहारहरुले खेतका गह्रामा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्दै रोपाई गर्दछन् भने यस दिनमा दही चीउरा समेत खाने गरिन्छ ।
गर्मी समय भएकोले पनि यसबेला दही च्यूराले शरीरमा शीतलता संगै शक्ति सञ्चय गर्न मद्धत पुर्याउँछ ।

हाम्रो नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा सेतो टीका लगाउने परम्परा छ । साथै शुभ काममा निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास समेत रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्