Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पार्टी भित्र घेराबन्दीमा परेका प्रधानमन्त्रीद्धारा आफ्ना पक्षधर मन्त्रीहरुसँग परामर्श लिदैँ


काठमाडौं ।
प्रधामन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीहरुलाई परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् ।

परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् । नेकपाको स्थायी कमिटि बैठकमा आफ्नो साथै सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रीहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल तथा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङहरुसँग ओलीले छलफल गरिरहेका छन् ।

स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षधर नेताहरुले ओलीलाई मंगलबारको स्थायी कमिटि बैठकमा पार्टी अध्यक्ष देखि प्रधानमन्त्रीबाट राजिनामा माग गरेका थिए ।

केही दिनअघि ओलीले आफूलाई हटाउन दिल्ली र नेपालको शक्ति लागेको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । मंगलबारको बैठकमा प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए ।

प्रधानमन्त्रीले मंगलबारको स्थायी कमिटि बैठक अगाडि राष्ट्रपति संग समेत परामर्श लिएका थिए । सैबीच नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र वरिष्ठ नेता माधव कुमार नेपालले पनि आन्तरिक परामर्श थालेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्