Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रतिनिधिसभा सदस्य छन्त्यालको बुधबार विहान निधन


काठमाडौं ।

प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको ६६ बर्षको उमेरमा बुधबार विहान निधन भएको छ ।

डेढ हप्ता अघि मुटुको शल्यक्रिया गरि काठमाण्डौ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारत छन्त्यालकोे निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

छन्त्याल बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन् । उनी संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा समेत सदस्य थिइन् ।

नेपाल महिला संघबाट राजनीति थालेकी छन्त्यालले लामो समय आमा समूहमा रहेर काम गरेकी र अन्तरपार्टी महिला सञ्जालमा समेत काम गरेकी थिइन ।

छन्त्यालको निधन प्रति नेपाली कांग्रेसले शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्ने र आजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा थप एजेन्डाबारे छलफल नगरि शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने बताईएको छ ।

छन्त्यालको आज नै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्