Techie IT
  • ८ भदौ २०८२, आईतबार

काठमाण्डौ उपत्यकामा १७ जना सहित बुधबार थपिए ४८२ नयाँ कोरोना संक्रमित


काठमाण्डौ

काठमाण्डौ उपत्यकाका १७ जना सहित नेपालमा बुधबार ४८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना, भक्तपुरमा २ जना सहित देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ४८२ नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित संख्या थपिए सँगै देशभर संक्रमितको संख्या १४ हजार ४६ जना पुगको छ । संक्रमित मध्ये ३० जनाको ज्यान गएको छ भने ४ हजार ६ सय ५६ जना कोरोनासंक्रमण मुक्त भएर घर फर्किएका छन् ।

त्यस्तै नेपालमा १८ बर्ष मुनि उमेर समुहमा २ हजार ६१ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्