प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषदको बैठक

काठमाण्डौ
आज आकस्मिक रुपमा प्रधानमन्त्री के. पी. शर्मा वलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आज दिउँसो १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका हुन् । दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका एजेण्डाका विषयमा मन्त्रीहरुलाई जानकारी गराइएको छैन ।
नेकपामा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीको सम्भावित कदमका विषयमा प्रचण्ड नेपाल समूहका नेताहरुले छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका छन ्। स्थायी कमिटीका अधिकांश सदस्यहरूले उनको राजीनामा समेत मागेका छन्।
आजै बालुवाटारमा नेकपाको स्थायी कमिटीको बैठक पनि बस्दैछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्