बाग्लुङको क्वारेन्टाइनमा १ युवकको मृत्यु, मृतकमा कोरोना संक्रमण पुष्टि

बागलुङ
बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा मृत्यु भएको छ ।
क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका निसीखोलाका युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर
परीक्षणमा मृतकको कोरोनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बागलुङले बताएको छ ।
कोरोना पुष्टि भएपछि मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
उनका परिवारका पाँच सदस्यसहित गत असार १ गते उनी भारतबाट आएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्