Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

फेरि पनि पुग्न सकेन निष्कर्षमा, नेकपाका दुई अध्यक्ष ओली – प्रचण्ड वार्ता


काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको पछिल्लो वार्ता समेत विना निष्कर्षमा टुङ्गिएको छ ।

यद्यपी बैठकबाट पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरू खोज्ने सहमति भने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच वार्ता हुँदा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मा समेत सहभागी थिए ।

बैठकबाट दुवै समूहका नेताहरू पार्टी एकतालाई बचाउने र दुरी एवं आशंका बढाउने क्रियाकलापहरू रोक्ने र विगतमा भएका समझदारीहरूका आधारमा पार्टी एकताको आधार तयार पार्न दुवै पक्ष सहमत भएको छलफलमा सहभागी एक नेताले बताएका छन् ।

स्रोतका अनुसार अध्यक्षद्वयसँगको छलफलमा सहभागी विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा अनौपचारिक संवादमा जुटेका र अध्यक्षद्वयले यी चारजनालाई सहमतिको प्रस्ताव तयार गर्ने जिम्मेवारी दिएको बताएको छ ।

सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्