नेकपाको बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र जारी विवादका कारण स्थगित हुँदै आएको पार्टी स्थायी कमिटि बैठक फेरि पनि स्थगित भएको छ ।
बुधबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि २६ गते शुक्रबार सम्मका लागि स्थगित भएको हो ।
स्थायी कमिटी बैठक स्थगित भएको यो लगातार तेस्रो पटक हो ।
बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल -प्रचण्डबीचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको हो ।
अध्यक्षद्वयबीच आज हुने भनिएको वार्ताको समय भने निश्चित भएको छैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्