Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

भारतिय मिडियाको बकबास बन्द गर्न नेकपा प्रवक्ता श्रेष्ठको टिप्पणी


काठमाडौं

पछिल्लो समय प्रधानमन्त्री साथै नेकपाका अध्यक्ष केपी शर्मा ओली बारे भारतिय सञ्चार माध्याममा आएको अर्नगल प्रचारबारे नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बकवास भएको बताएका छन् ।

श्रेष्ठले भारतीय सञ्चार माध्यमले नेपाल सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेर हद भन्दा बढि गरेको भन्दै त्यस्तो बकवास बन्द गर्न आफ्नो ट्वीट मार्फत बताएका छन् ।

आफ्नो ट्वीट मार्फत श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का रहेको र विदेशीको फुटाउ र स्वार्थ पुरा गर भन्ने नीति सफल हुन नदिने स्पष्ट पारेका छन् । र नेपाल भित्र के गर्ने भन्ने कुरा हाम्रो भएको उल्लेख गरेका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई लिएर कपोलकल्पित समाचार बनाई प्रधानमन्त्रीलाई होच्याउने कार्य गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्