Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

दुई जना घाइतेको उद्धार, बीस अझै बेपत्ता, सभामुख आँखामा पट्टि बाँधेरै विपत्ति स्थलमा


सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५ जम्बुमा गएराति बाढी पहिरोले सिर्जना गरेको विपत्तिको क्षतिको अवलोकन र प्रभावित परिवारलाई भेट्न सभामुख आफ्नो निर्वाचन क्षेत्रपनि रहेको विपत्ति स्थल पुगेका छन् ।

सभामुख अग्नि प्रसाद सापकोटा बिहीबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत त्यहाँ पुगेका हुन् । आँखाको बुधबारमात्रै शल्यक्रिया गराएका सापकोटा आँखामा पट्टि बाँधेर बाढिपहिरो स्थलमा पुगेका हुन् ।

पहिरोले ११ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ । भने अरु २० जना बेपत्ता रहेका छन् ।

पहिरोमा वेपत्ता हुनेहरुमा बाह्रबीसेका भीमबहादुर वाइबा, चिनिमाया वाइबा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमा डोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा र सविना तामाङ रहेका छन् ।

यस्तै, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ छन् । भोटेकोसी गाउँपालिकाका वुर्कुटेका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ समेत बेपत्ता छन् ।

बाढी पहिरोले अरनिको राजमार्ग समेत कटान गरेपछि उद्धार गर्न समस्या भएपछि सभामुख सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन् । हेलिकप्टरमार्फत गम्भीर २ जनाको उद्धार गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्