Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, थप ३ जनाको कोराना संक्रमणबाट मृत्यु भएको पुष्टि


काठमाण्डौ

शनिबार थप ३ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पुष्टि भए सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौ ठेगाना भएका २ जना र सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको २५ गते निधन भएको हो । असार १८ गते क्षयरोगको उपचारको लागि पाटन अस्पताल भर्ना हुनुभएका उहाँमा २२ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, काठमाण्डौकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । मिर्गाैलाका बिरामी उनको २५ गते नै निधन भएको हो । असार १९ गते अस्पताल भर्ना भएका उनको २१ गते स्वाबको नमुना सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यस्तैगरि,  काठमाण्डौ महानगरपालिका १० शङ्खमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको छ । फोक्सोमा पानी जमेको र मिर्गाैला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्