प्रतिष्ठानको समिक्षा गरि आगामी प्रस्ताव तयार गर्न पुनको संयोजकत्वमा कार्यदल गठन

काठमाण्डौ
आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले प्रतिष्ठान स्थापना भए देखि अहिले सम्म भएका कामहरुको समिक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रम प्रस्ताव तयार गरि पेश गर्नका लागि कार्यदल गठन गरेको छ ।
ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रतिष्ठानको सबै महाशाखा/शाखा/अधिकृतहरु/प्रमुखहरु सदस्य रहने छन् ।
उक्त कार्यदलले साउन १५ सम्म प्रतिवेदनको मस्यौदा तयार गर्ने, साउन २५ सम्म आदिवासी जनजाति महासंघ र आदिवासी जनजातिहरुको महासंघिय संरचना भएका महिला, पत्रकार, युवा, विद्यार्थी, चलचित्रकर्मी, अपाङ महासंघसंग छलफल गर्ने, साउन ३० सम्म सन्चालक परिषद्को उपलब्ध सदस्यहरु र प्रतिष्ठानको पुर्व पदाधिकारी तथा आदिबासी जनजाति विज्ञहरूसंग छलफल गर्ने योजना बनाएको छ ।
त्यस्तै भाद्र पहिलो हप्ता भित्र माननीय मन्त्री, मन्त्रालय र राष्ट्रिय योजना आयोग सहितको निकायहरुसँग छलफल गर्ने योजना बनाएको कार्यदलका संयोजक ज्ञानेन्द्र पुन मगरले जानकारी दिएका छन् ।
केहि दिन अगाडि मात्र प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती मगर नियुक्त हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्