केहि देशहरुले गलत बाटो अपनाएकोले कोरोना थप भयावह हुन सक्ने- डब्लुएचओको चेतावनी

काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी दिएको छ ।
डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् ।‘जुन देशमा कोरोनाका संक्रमण रोक्ने प्रावधान ठीक ढंगले लागु गरिएको छैन, त्यहाँ खतरनाक ढंगले संक्रमण बढीरहेको छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा कतिपय देश गलत दिशामा हिँडिरहेका छन् ।’ उनको भनाई छ ।
भौतिक दुरी कायम गर्ने, हात धुने, मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि धेरै देशहरुमा नअपनाइएको भन्दै उनले यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् । ‘यदि आधारभूत कुरामा पनि ध्यान दिइएन भने महामारी लगातार बढ्ने छ र स्थिति झन् पछि झन् खराब हुँदै जाने उनले बताएका छन् ।’
‘मानिसको नम्बर एक शत्रु’ कोरोना भाइरसलाई बताउँदै कतिपय देशका सरकार र त्यहाँका नागरिकहरुले सावधानी नअपनाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
यसैबिच केहि नेताहरुले उल्टै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको संक्रमण रोक्न नसकेको भनेर आरोप लगाउने गरेको गेहब्रेयससले बताएका छन् ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्