आज हल्कादेखि मध्यम बर्षा हुने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान

काठमाण्डौ
जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरि आज हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ ।
यसैगरी, देशभर आँशिकदेखि सामान्य बदली रही एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।
बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत बताएको छ ।
यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
र, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्