Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

नेपालमा थप १६७ जनामा कोरोनाको संक्रमण पुष्टि


काठमाडौं ।

नेपालमा थप १६७ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार  धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४ / १४ जना, बाँके र डडेलधुराका ८/८ जना, इलाम र दैलेखका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा १/ १ जनामा कोरोना पोजेटिभ आएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

नयाँ कोरोना संक्रमित पुष्टि भए सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्