Techie IT
  • १० भदौ २०८२, मंगलबार

भारतीय पक्षसँग वार्ता गर्न मन्त्री बर्षमान पुनको निर्देशन


काठमाण्डौ
बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग छलफल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।

सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्न लागेको हो । बार्ताका लागि नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले नेतृत्व गर्ने छन् भने समितिमा दुवै देशका सहसचिव रहने छन् ।

त्यस्तै, मन्त्री पुनले वर्षाको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन र बाढी पहिरोको अवस्थाबारे जिल्लाको मन्त्रालय अन्तर्गतका निकायबाट सूचना सङ्कलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न समेत निर्देशन दिएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्